मङ्लबार, बैशाख ११, २०८१

भ्रमण फलदायी रह्यो : विदेश सचिव सुब्रमन्यम्

काठमाडौ चैत्र २०,  नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान मन्तव्य jaishankarव्यक्त गर्दै भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्करले आफ्नो नेपाल भ्रमण फलदायी रहेको बताउनुभएको छ ।  त्यस्तै  विदेश सचिव  सुब्रमन्यम्ले नेपाल बसाइका क्रममा विदेश सचिव सुब्रमन्यम् जयशङ्करले आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेको बताउनुभयो ।

राजनीतिक नेतृत्वसँगको भेटवार्तामा आफूले नेपालमा लोकतन्त्रको स्थायित्व शान्ति र समृद्धिका निम्ति नेपाली जनतासँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता स्पष्ट पारेको पनि विदेश सचिव सुब्रमन्यम्ले जानकारी दिनुभयो ।भारतीय विदेश सचिवलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि भारतीय राजदूत रञ्जित रे र उक्त दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाई गर्नुभएको थियो ।