मङ्लबार, बैशाख ११, २०८१

बूढानीलकण्ठ महोत्सवको आयोजना गरिने

काठमाडौं चैत्र २२,  आगामी चैत्र २६ देखि नयाँवर्षको १ गतेसम्म एउटै शिलाबाट निर्मित उवम् विश्वमै दुर्लभ मानिएको बूढानीलकण्ठ मूर्ति र यसको महत्वलाई चिनाउने उद्देश्यले बूढानीलकण्ठ महोत्सवको आयोजना गरिने भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको बूढानीलकण्ठ जलाशयमा शेष buddhanil-नागमाथि सुतिरहेका भगवान् विष्णु बूढानीलकण्ठको मूर्ति २२ फिट लम्बाइ र ११ फिट चौडाइमा फैलिएको छ ।

त्यस्तै महोत्सवमा हिन्दू र बौद्ध विधिअनुसार संयुक्त रुपमा पूजापाठ र हवन गरी राष्ट्र शान्ति र विश्व शान्तिको कामना सहित लोपोन्मुख खैँजडी, विश्वकै ठूलो ११ फिट लम्बाइ र आठ फिट उचाइको डमरु, शङ्ख र घण्टसमेत प्रदर्शनीमा राखिने महोत्सव आयोजक समितिले जनाएको छ।

हाम्रो बूढानीलकण्ठ राम्रो बूढानीलकण्ठ जाउँ है बूढानीलकण्ठ” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले महोत्सवमा श्रीकृष्ण भावनामृत सङ्घको राधाकृष्ण रथयात्रा पनि आकर्षणको केन्द्र हुने भएको छ । महोत्सवका अवसर पारेर ठेकीको मोही, ओखलको चिउरा, च्याउको मःमः, प्राङ्गारिक तरकारी, प्राङ्गारिक चिया प्रत्यक्ष बनाएर खुवाउने व्यवस्था मिलाइएको जानकारीदिएको छ ।