शुक्रबार, बैशाख ७, २०८१

बिस्केटको लिङ्गो ढालियो,बुधबार मध्यपुर थिमिमा सिन्दुर जात्रा र बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने

भक्तपुर बैशाख १,  भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात चैत्र मसान्तका दिन उभ्याईको ५५ हाते लिङ्गोलाई आज साँझ ६ः१५ बजेकोसाईतमा तान्त्रिक विधि अनुरुप ढालिएको छ ।  त्यस्तै लिङ्गो ढाल्नुपूर्व लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजाको दर्शन गर्नाका लागि आज बिहानै देखि भक्तपुरमा असख्य दर्शनार्थीको भिड लागेको थियो ।

लिङ्गो ढालेपछि स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भन्दै ल्योसिंखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएसङगै भैरवनाथ र भद्रकालीको विशेष पूजाआजा गर्दै जात्र समापन गरिएको थियो ।
त्यस्तै बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते बुधबार मध्यपुर थिमि बालकुमारीमा एकाबिहानै सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031