शुक्रबार, बैशाख ७, २०८१

बाग्लुङ निर्वाचन क्षेत्र न-१ मा आज संविधानसभा उपनिर्वाचनका लागि मतदान हुदै

काठमाडौ  चैत्र २८,  दोस्रो   संविधानसभाको निर्वाचनबाट बिजयी सभासद हरिबहादुर खड्काको सडक दुर्घटना परी मृत्यु भएपछि बाग्लुङ निर्वाचन क्षेत्र baglung_districtनम्बर–१ मा आज संविधानसभा उपनिर्वाचनका लागि मतदान भइरहेको छ ।  उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी तीन राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन् । निर्वाचनमा ७० मतदान केन्द्र रहेका छन् ।

त्यस्तै उपनिर्वाचनमा जिल्लामा पहिलोपटक विद्युतीय मतदान मेसिनको प्रयोग गरिएको छ भने सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न आग्ह गरिएको जिल्ला निर्वाचन कार्यालयलाई उदृत गर्दैप्राप्त समाचारमा उल्लेख गरिएको छ।
उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का, एमालेबाट मनकुमारी केसी, र एमाओवादीबाट कृष्ण केसी सहित १० दलका र ३ जना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा रहेको उक्त क्षेत्रमा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031