शुक्रबार, चैत्र १६, २०८०

बागलुङमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न

काठमाडौं चैत्र २८,  बागलुङ क्षेत्र नं १ को मा आज भएको संविधानसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अयोगले baglung_districtजनाएको छ ।  बिहान ७ बजे सुरु भई साँझ ५ बजे सम्पन्न भएको सो मतदानमा करिब ७० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । सो क्षेत्रमा कुल ५२ हजार २०२ मतदाता थिए ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गरी सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम ल्याइसकेपछि राजनीतिक दलको सहमतिमा मतगणना सुरु गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।