शनिबार, बैशाख ८, २०८१

बन्द ,हड्तालको नाममा गैरकानुनी कार्य जारी रहे कारवाही गर्ने गृहको चेतावनी

काठमाडौ चैत्र २४,  गृह मन्त्रालयले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज गरेको आमहडतालका क्रममा मुलुकभरको जनजीवन सामान्यरुपमा pressप्रभावित भएको जनाएको छ । त्यस्तै मन्त्रालयले आज साँझ जारी प्रेस विज्ञप्तिमा आन्दोलनको नाममा हुने बन्द–हड्ताल जस्ता गतिविधि गैरकानुनी भएको जनाउँदै आन्दोलनको नाममा जर्बजस्ती बन्द गराउने, सरकारी सम्पत्तिमा हानी नोक्सानी पु-याउने, जनजीवनलाई अस्तव्यस्त बनाउने जस्ता गतिविधि गैरकानुनी भएको र यस्ता गतिविधि नगर्न/नगराउन सम्बन्धित पक्षलाई आग्रह सहित यदि यस्तो गैरकानुनी जारी भएमा मन्त्रालय कारवाहीको लागि बाध्य हुँने जनाएको हो ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा जारी उक्त विज्ञप्तिमा आजको बन्दका क्रममा बजार आंशिकरुपमा खुलेको, छोटा दूरीका सवारीसाधान न्युन चलेको, लामो दूरीका सवारीसाधनलाई प्रहरीका साथ गन्तव्यस्थलतर्फ पठाइएको जनाउँदै बन्दकर्ताले मुलुभरक १७ वटा सवारी साधन तोडफोड गरेको, तीनवटामा आगजनी गरेको, मेची नगरपालिका र मालपोत कार्यालयभित्र पसेर सकारी सम्पत्ति तोडफोड गरेको तथा बन्द गर्दै हिँड्ने र सवारी साधन तोडफोड गर्ने ५० लाई नियन्त्रणमा लिइएको जनाएको छ ।

त्यस्तै केही ठाउँमा सुरक्षाकर्मीले अपनाएको संयमताका वावजुद पनि बन्दकर्ता र सुरक्षाकर्मीको झडप हुँदा छ सुरक्षाकर्मी र पाँच बन्दकर्ता घाइते भएको उल्लेख गर्दै मन्त्रालयले उद्योग, कलकारखाना, व्यापार, यातायातलगायत आ–आफ्ना सेवा, व्यवसाय निर्भिक भई निर्वाधरुपमा सञ्चालन गर्न र कहीँकतैबाट सुरक्षा खतरा महशुस भए नजिकको प्रहरी इकाइमा खबर गर्न पनि अनुरोध गरेको छ ।