बिहिबार, बैशाख १३, २०८१

प्रहरी कारबाहीमा छब्बीस तालिवान मारिए

एजेन्सी चैत्र २३,  अफगानिस्तानमा प्रहरीले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २६ जना तालिवान मारिएको समाचार छ । प्राप्त पछिल्लो AfghanistanMapसमाचारअनुसार अफगानिस्तानका तालिवानका विरुद्धमा त्यहाँको प्रहरीले जारी राखेको कारबाहीमा परी ती तालिवान मारिएका हुन् । गएको २४ घन्टामा देशको विभिन्न भागमा तालिवानविरुद्ध जारी राखिएको कारबाहीमा परी ती तालिवान हतियारधारी मारिएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसकेको छ । त्यसपछि अफगानिस्तानकै राष्ट्रिय सुरक्षा निकायले तालिवानविरुद्धको कारबाहीलाई जारी राखेका समाचार माध्यमहरुले जनाएको छ ।