बिहिबार, बैशाख १३, २०८१

पार्टी एकता वार्तालाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं  बैशाख ८,   नेकपा–माओवादीको पोलिटब्युरो बैठकले एमाओवादी सङगको एकता वार्तालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकको cpn_maoistनिर्णय सार्वजनिक गर्दै महासचिव रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा पार्टीले यसअघि राखेको सात बुँदाका विषयहरूमा वैचारिक÷राजनीतिकरूपमा समान धारणा र सिद्धान्तनिष्ठ एकताको लागि वार्तालाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै बैठकले मेची–महाकाली अभियानलाई अरू थप पाँच महिनासम्म सञ्चालन गर्ने निर्णय सहित राष्ट्रियता, जनसंविधान, जनजीविका, शान्ति सम्झौताको उल्लङ्घनलगायतका विषयहरूमा साझा सहमति हुने घटक वा समूहहरूसँग कार्यगत एकता गरी आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने नितिगत र्निाय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।