शनिबार, बैशाख ८, २०८१

देशमा समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस: राष्ट्रपति यादव

काठमाडौ वैशाख १,  नव वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपति डा.dr yadavरामवरण यादवले आम नेपालीको चाहनाबमोजिम संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस् भन्ने कामना गर्नु भएको छ ।

त्यस्तै शुभकामना सन्देशमा नेपाली जनताले अनवरत रुपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै डा यादवले मुलुकमा लोकतान्त्रिक संस्कार र पद्धतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु अपरिहार्य भएको बताउँनु भएको छ ।

साथै यहाँ उपलब्ध प्राकृतिक साधनस्रोतको प्रभावकारी र न्यायपूर्ण परिचालन गरी हरेक नेपाललाई समृद्ध तुल्याउनका निम्ति राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक हिसाबले समेत एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको उल्लेख गर्नु भएको छ ।