बिहिबार, चैत्र १५, २०८०

तत्काल राहत उपलब्ध गराउन वरिष्ठ नेता देउवाको माग

काठमाडौ बैशाख ३ , नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जाजरकोट जिल्लामा फैलिएको सरुवा रोगबाट दर्जनौँ व्यक्तिको निधनको खबरले sbdआफूलाई दुःख लागेको बताउनुभएको छ ।

नेता देउवाले आज एक प्रेस विज्ञप्ति जारीगर्दै महामारीकाको प्रकोप थप फैलिन नदिन तत्काल सरकारका सरोकारवाला निकायलाई अनुरोध गर्दै उहाँले उचित औषधोपचार तथा मृतकका परिवारमा सहानुभूतिस्वरूप राहत उपलब्ध गराउन माग गर्नुभएको छ । त्यस्तै विज्ञप्तिमा रोगबाट ज्यान गुमाएका सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शोकाकूल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।