बुधबार, बैशाख १२, २०८१

डा.राउतलाई सफाइ

काठमाडौ वैशाख १०,  देश टुक्रयाउने अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरिएका डा .सिके राउतलाई आज विशेष अदालतले आरोपको स्पष्ट प्रमाण ck_raut-445x276नपुगेको भन्दै सफाई दिएको छ । डा.राउतले विरुद्ध सरकारले गत असोज २२ गते राज्य विरुद्धको अपराधअन्तर्गत मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, सदस्य न्यायाधीशहरू पवन शर्मा र महेशप्रसाद पुडासैनीको सयुक्त इजलासले आज सफाइ दिएको हो । यसअघि अदालतले राउतसङग माग गरिएको ५० हजार धरौटी बुझाएर डा राउत रिहा भएका थिए ।