बिहिबार, चैत्र १५, २०८०

जाजरकोटमा अभिमुखीकरण पछि मात्र स्वास्थ्यकर्मी खटाइने

काठमाडौ वैशाख ९,  जाजरकोट जिल्लामा बिगत केहि समयदेखि फैलिएको रुघाखोकी, ज्वरोको प्रकोप नियन्त्रण र प्रभावित व्यक्तिहरुलाई भैरहेको 2015-04-22 18.17.44 (1)उपचारको सवालमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरणपश्चात् मात्र प्रभावित क्षेत्रमा खटाइने भएको छ ।

आज नेपाल सरकारका मुख्यसचिवको कार्यालयमा त्यस जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासद्हरूको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा सदरमुकाममा जिल्लास्तरीय समन्वय समितिसङग समन्वय गरेर मात्र औषधि र स्वास्थ्यकर्मीहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने तथा रोगको पछिल्लो अवस्था पत्ता लगाउन पर्याप्त मात्रामा बिरामीको रगतको नमुना परीक्षण गर्ने , स्वास्थ्य चौकीमा थप शिविर राख्ने, हलचौरमा पनि आवश्यक भएमा थप शिविर राख्ने, स्याउलीमा सहायता कक्षको व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा बिरामीलाई स्वास्थ्य शिविरसम्म ल्याउने प्रयोजनार्थ स्ट्रेचरको व्यवस्था मिलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गर्दै कालीकोट, रुकुम, दैलेख र डोल्पाका नाकामा क्वारेन्टाइन अफिस स्थापना गर्ने र बस्तीमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने यनरीरहेको उल्लेख रहेको छ ।