बिहिबार, बैशाख १३, २०८१

गणेशमानजीले निर्वाह गर्नुभएको भूमिका स्मरण गर्दै प्रम कोइरालाले भने- सूर्यलाई हत्केलाले छेक्न सक्दैन

प्रसङ : गणेशमान बलिदान अभियानको समापन कार्यक्रम :

काठमाडौ चैत्र २७,  नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको गणेशमान बलिदान अभियानको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एउटा सम्पन्न पारिवारीक पृष्ठमूभिमा जन्मेरपनि मुलुकमा तत्कली राज्य शासकहरुका कारण जनताले भोग्नु परेको दुःखलाई देखेर जनताको सुख र राष्ट्रिय हितका लागि गणेशमानजीले निर्वाह गर्नुभएको भूमिका सबैका लागि 11126950_10202606052231203_1993905449_n 11148990_10202606051751191_265314122_nअनुकरणीय भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले गणेशमान सिंहजीको अदम्य साहस सबैका लागि अनुकरणीय भएको चर्चा गर्दै विगतका उपलब्धिलाई संरक्षण गरी देशलाई समृद्धिको मार्गमा दोहराउँदै आन्दोलनको बलबाट प्राप्त उपलब्धिलाई संस्थागत गरि संविधान निर्माण गर्नसके त्यो आफैमा सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउँदै संविधान जारी हुनेमा सबैलाई विश्वस्त हुन भन्दै प्रधानमन्त्री कोइरालाले संविधान आउँछ । सूर्यलाई हत्केलाले छेक्न सक्दैन । सबै मिलेर देश बनाउनुपर्ने प्रसङगमा जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा काँग्रेसका उपसभापति एवम् नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सभापति रामचन्द्र पौडेलले विचारमा नभई विचारको कार्यान्वयनका लागि बलिदान गर्नुपर्छ भन्ने कुरा गणेशमानको जीवनीबाट सिक्नुपर्ने बताउनुभयो ।
अनुसरण गर्दै संक्रमण अवस्थामा  रहेको मुलुकको यो घडिमा गणेशमानकै जस्तो निर्णय क्षमता एवम् साहसको आवश्यकता रहेको बताउँनुभयो ।

त्यस्तै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले समृद्ध नेपाल निर्माणका लागि नेपालमा कम्युनिष्ट र काँग्रेसबीचको एकता हुनुपर्ने गणेशमान सिंहको दीर्घकालीन सोचले वर्तमानसम्मका उपलब्धि हासिल हुन सकेको स्मरण गर्दै नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहले प्रजातन्त्रका लागि गर्नुभएको योगदान अविस्मरणीय भएको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको बलिदानीपूर्ण सङ्घर्ष सबैका लागि अनुकरणीय भएको बताउनुभएको थियो भने वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले नेपालमा वामपन्थी र काँग्रेसबीचको एकता अपरिहार्य भएको विचार राख्ने सिंहको दूरदर्शी विचारलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । त्यस्तै  वरिष्ठ राजनीतिक चिन्तक नीलाम्बर आचार्य, नेकाका सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मीना पाण्डे, काठमाडौँ काग्रेसका कार्यवाहक सभापति लोकेश ढकाल लगायतले गणेशमान सिंहका सङ्घर्ष तथा बलिदानको स्मरण सहित व्यक्तिगत स्वार्थबाट उठेर समग्र जीवन नै बलिदान गरेका सिंहको योगदानको सम्बन्धमा चर्चा गर्नुभएको थियो ।