शुक्रबार, बैशाख १४, २०८१

कामपाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्दै उठायो पन्ध्र लाख जरिवाना

 काठमाडौ चैत्र ३०,  काठमाडौँ महानगरपालिकाले अठारौँ शिखर सम्मेलन पछि सुरु गरेको हरियाली काठमाडौ अभियान विपरित सार्वजनिक स्थानमा kmc officeजथाभावी फोहर फाल्नेलाई गरेको कारवाहीबाट जरिवानास्वरुप रु १५ लाख १५ हजार ४०० सङ्कलन गरेको जनाएको छ ।

महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने, किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ–संस्थाबाट गत साउनदेखि यही चैत २८ गतेसम्मको अवधीमा गैरकानुनीरुपमा फोहर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अन्र्तगत गरेको कारवाहीबाट उक्त रकम सङ्कलन गरेको हो ।