शुक्रबार, चैत्र १६, २०८०

इन्स्योरेन्स कम्पनीले भुक्तान गनुृपर्ने क्षतिपूर्ति उपलब्ध नगराउँदा पीडित परिवारको विचल्ली

अदालतको आदेशको  अवज्ञा

 -बसन्त शर्मा 

काठमाडौं बैशाख ९, दुर्घटनापछि  आफ्ना सन्तान गुमाएर पीडामा रहेका परिवारलाई अदालतको आदेशको समेत अवज्ञा गर्दै इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति वापत प्राप्त हुँने रकम नदिंदा पीडित परिवारको अवस्था कस्तो होला सम्झदा पनि आफैमा कहालीलाग्दो अवस्था । एकातर्फ परिवारको सदस्य गुमाउनु पर्नाको पिडा अर्कोतर्फ इन्स्योरेन्स कम्पनीको गैर जिम्मेवारीबाट आहाल भएका छन ।

हो यहि सेरेफेरोमा आज भन्दा दुईवर्ष अगाडि अर्थात ०६९ कार्तिक ६ गते बर्दियाको सोरहवा गाँऊ विकास समिति भोलागौडी नजिक दुई मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनापरि ३ जनाको मृत्यु भएको थियो । एनएलजी इेन्स्योरेन्स कम्पनिबाट तेस्रो पक्ष वीमा गराइएका भे २ प ११०८ र भे २ प ५३७९ नम्बरको मोटरसाइकलमा सवार भएका ३ जना विनय केसी,जयहरी पराजुली र रामकुमार चौधरीको मृत्यु भएको घट्नाका पीडित परिवारजनहरुले २ वर्षदेखि क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।

घट्नापछि मृतकका परिवारले क्षतिपूर्ति माग गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति वापत हुनआउने रकम हालसम्म उपलब्ध नगराउँदा पीडितका परिवारजन थप मर्कामा परेका छन् । त्यसो त क्षतिर्पूिर्त वापत पाउनुपर्ने रकम उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बर्दियाले ०७१ बैशाख ४ गते पीडित परिवारका पक्षमा फैसला सुनाएको थियो । तर उक्त कम्पनीले क्षतिपूर्ति दिने उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदन अदालत नेपालगन्जमा पुनरावलोकनका लागि दर्ता निवेदन दर्ता गराएपछि पुनरावेदन अदालत नेपालगन्जले ०७१ असोज २६ गते पीडित परिवारलाई क्षतिपूर्ति दिन फैसला गर्दा समेत पीडित परिवारले क्षतिपूर्ति पाएका छैनन् ।

सवारी तथा यातायात व्यवस्था नियमावलि २०४९को दफा १६३ (१) (२) एवं (६)बमोजिम एवं सवारी तथा यातायात व्यवस्था नियमावलि २०४९को नियम ५५ले निर्धारण गरेको तेस्रो पक्षको वीमा वापतको रकम क्षतिपूर्ति स्वरुप तेस्रो पक्षलाई इन्स्योरेन्स कम्पनीले दिनुपर्ने जनहि रु।५ लाख उपलब्ध गराउनुपर्ने भएपनि उक्त वीमा कम्पनीले पीडितलाई रकम दिन अस्विकार गरेको छ । भे. २ प ५३७९ नम्बरका शेरबहादुर थापा९सन्तोष०को मोटरसाइकल विनय के।सी। र भे ३ प ११०८ नं।को मोटरसाइकल जयहरी पराजुलिले चलाएको अवस्थामा ठोकिंदा मोटरसाइकलमा सवार अर्का रामकुमार चौधरी सहित ३ जनाको मृत्यु भएको उक्त घट्नामा भे। २ प ५३७९ नम्बरका मोटरसाइकल चालक विनय केसीको चालक अनुमति पत्र नभएका कारण इन्स्योरेन्स कम्पनिले क्षतिपूर्ति दिनु नपर्ने भन्दै अदालतको आदेशको समेत अवहेलना गर्दै क्षतिपूर्ति दिएको छैन् ।

तर अदालतले चालक अनुमति पत्र नभएको विषयमा अर्कै कसुरमा कारवाही हुने भन्दै तेस्रो पक्ष वीमा गरेवाफतको क्षतिपूर्ति रकम कम्पनीले दिनुपर्नेगरी फैसला सुनाएको छ । उक्त विषयमा कम्पनीका बाँके प्रमुख सशील श्रेष्ठले भने–‘यो केशको फाइल हेड अफिस पठाएको छ ।’ त्यसैगरी कम्पनीका कानुन अधिकृत सरोज उपाध्यायले थपे–‘यो विषयमा कानुनी उपाय अवलम्बन गर्दै हामी हाइकोर्ट जाने तयारीमा छौं ।’ सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १५२ ९१०मा सवारी दूर्घटनाबाट कुनै तेस्रो पक्षको हानी नोक्सानी भएमा क्षतिपूर्ति दिने प्रयोजनकालागि तेस्रो पक्ष वीमा गराउनुपर्ने व्यवस्था रहेको छ । तर एनएलजी इन्स्योरेन्स कम्पनिले सवारी चालक अनुमति पत्र नभएको भन्ने कारण देखाई क्षतिपूर्ति वाफतको रकम दिन आलटाल गरीरहेको पीडितहरुले जनाएकाछन् ।