शनिबार, बैशाख ८, २०८१

आमहड्तालको पहिलो दिन दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी

बिजुली बजारमा प्रदर्शनकारी र प्रहरीबीच अपरान्ह दोहरो झडप

बिजुलीबजारमा आजको आमहड्ताल समापन कोणसभा 

साँझ ५ बजे राजधानीको सडकमा सवारी साधन गुड्न थाले

मोर्चाको बैठक बस्दै

photo s 08काठमाडौ चैत्र २४, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबारदेखि तीन दिन आमहड्ताल आह्वान गरेको आमहड्तालको पहिलो दिन राजधानीसहित देशभरको जनजीवन प्रभावित बनेको छ । यसवीचमा बन्दकर्ता बन्दलाई अवज्ञा गरेको भन्दै देशभरमा दर्जनौं सवारी साधनमा तोडफोड , आगजनी गरेका छन भने राजधानीको बिजुली बजारमा प्रदर्शनकारी र प्रहरीबीच अपरान्ह दोहरो झडपसमेत भएको थियो ।

३० दलीय मोर्चाले आमहड्तालको समयसिमा विहान ५ वजे दखि साँझ ५ बजे सम्म कायम रहने पूर्वघोषणा अनुरुप अहिले ५ बजेपछि राजधानीको सडकमा सामान्यरुपमा सवारी साधन गुड्न  थालेको छ । यसअघि बिजुलीबजारमा आयोजित आजको आमहड्ताल समापन कोणसभा सकिएलगत्तै मोर्चाका कार्यकर्ताहरु सडकबाट हटेका थिए । कोणसभालाई एमाओवादीका सचिव वर्षमान पुन, संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गर्नु भएको थियो ।