शुक्रबार, बैशाख १४, २०८१

आज बुढानीलकण्ठ महोत्सवको आयोजना गरिदै

काठमाडौ बैशाख १,  नव वर्ष २०७२ को आज सुभारम्भको अवसरमा पहिलो बुढानीलकण्ठ महोत्सवको आयोजना गरिदै छ । ‘हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ, जाऔँ है बुढानीलकण्ठ’ भन्ने मूल नाराका साथ बुढानीलकण्ठ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त महोत्सवमा शिवानन्द buddhanil-स्वामीबाट बनाइएको ८०० किलोग्रामको आठ फि उचाइ तथा १२ फिट लम्बाइ भएको पित्तलको डमरुको समेत प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सवको अवसरमा एकै शिलाबाट बनेका विश्वकै दुर्लभ बुढानीलकण्ठ विष्णुको मूर्ति दर्शन गर्न आउने भक्तजनका लागि दक्षिण ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको महेत्सव आयोजक समितिले जनाएको छ ।