सोमवार, चैत्र १३, २०७९

३० दलीय विपक्षी मोर्चाको पूर्वघोषित तीन दिने आम हड्ताल कायमै

बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको गरिने

काठमाडौ चैत्र २३, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आज साँझ एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चाद्वारा 30-party Federal Democratic Alliance Meetingपूर्वघोषित आन्दोलनका कार्यक्रम अन्र्तगत मङगलावरबाट सुरु हुने तीन दिने आम हड्ताल कायमै राख्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको ३० दलको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको कार्यक्रम रहने जानकारी दिएका छन ।

आम हड्ताल फिर्ता लिन दबाव आएको भएपनि ३० दलको बैठकले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सरकारले संविधानका विवादित विषयमा पूर्ण प्रतिवद्धताका साथ छलफल गर्ने वातावरण नबनाउँदासम्म घोषित कार्यक्रम रोक्ने कुनै पनि योजना नरहेका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभएको छ ।

त्यसक्रममा प्रवक्ता सिंहका अनुसार सत्तारुढदलले विगतका सहमति तथा सम्झौता कार्यान्वयन गर्दै सहमतिमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने ठोस प्रतिवद्धता आए आफुहरु वार्ताका लागि समेत तयार रहको बताउँदै आन्दोलनको क्रममा हुँने गतिविढीको समीक्षाका लागि हरेक दिन साँझ पाँच बजे बैठक बस्ने निति समेत आजको बैठकले तय गरेको जानकारी दिनुभएको छ ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले मधेसी जनाधिकार फोरम, नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० का अध्यक्ष महन्थ ठाकुरसङगको भेटमा आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्ता, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट सहमति कायम गरी संविधान निर्माण गर्न आग्रह गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031