बुधबार, चैत्र १५, २०७९

२२ सय ८६ मतान्तरमा प्रतिद्वन्द्वी केसीलाइ पछि पार्दै बागलुङमा कांग्रेसले जित्यो

एमाओवादीको जमानत नै जफत

काठमाडौं चैत्र २९ , बागलुङ क्षेत्र नं १ मा शनिवार भएको भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसकी नेत्री चम्पादेवी खड्का विजयी हुनुभएको छ । कुल ५२ हजार २०२ मतदाता रहेको उक्त क्षेत्रमा करिब ७० प्रतिशत मतदान भएको निर्वानचमा पहिलोपटक विद्युतीय मतदान मेसिनको download (3)प्रयोग गरिएकोथियो भने उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का, एमालेबाट मनकुमारी केसी, र एमाओवादीबाट कृष्ण केसी सहित १० दलका र ३ जना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गरेको थियो।

जिल्ला निर्वाचन कार्यालयलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेखभएअनसार मतगनणामा नेत्री खड्काले १७ हजार १५४ मत ल्याउनुभएको थियो भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेकी मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गर्नु थियो ।

त्यसैगरी एमाओावदी मा कृष्णकुमार केसीले दुई हजार ५०५ मत र जनमोर्चाका नेत्रबहादुर बुढाथोकीले एक हजार ९४९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । स्मरण रहेस बागलुङको उपनिर्वाचनमा एमाओवादीको जमानत नै जफत भएको छ। अघिल्लो चुनावमा यही क्षेत्रमा एमाओवादीले छ हजार मत प्राप्त गरेको थियो।तर यसपटक उसको स्थिति निकै गिर्दोअवस्थामा पुगेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031