बुधबार, चैत्र १५, २०७९

११बुँदे सम्झौता पछि डा केसीले १२ औँ दिनमा अनसन तोडे

काठमाडौ चैत्र १९, सरकार र त्रिवि शिक्षण अस्पतालमा विगत १२ दिनदेखि मेडिकल क्षेत्रमा व्याप्त विकृतिविरुद्ध त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनमा बस्नु भएका प्रा डा गोविन्द केसीबीच gd kcएघारबुँदे सम्झौता पछि १२ औँ दिनमा आज अनसन अन्त्य गर्नुभएको छ ।

प्रा डा केसीलाई बिरामी बालक सुवास अधिकारी र जुत्ता सिलाइकर्मी सत्यनारायण रामले  कटरको जुस खुवाई अनशन अन्त्य गराएको हो ।  यस अघि डा केसीले उठान गरेका माग सरकारले सम्झौतापत्रमार्फत सम्बोधन गरेपछि सरकारी वार्ता टोलीका तर्फबाट मुख्य सचिव लीलामणि पौड्याल र प्रा डा गोविन्दराज पोखरेल तथा प्रा डा केसी र नेपाल चिकित्सक सङ्घका तर्फबाट डा अञ्जनीकुमार झाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै एघारबुँदे सम्झौता भएको हो ।

आज भएको सो सम्झौतामा केदारभक्त माथेमा संयोजक रहेको समितिबाट प्रतिवेदन प्राप्त भई स्वास्थ्य नीति बनेपछि सोहीबमोजिम हुने गरी कानुन नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन दिने र विस्तार गर्ने कुनै पनि कामकारबाही नगरिने सहमति भएको छ । त्यस्तै मेडिकल कलेजको स्वीकृति दिँदा भएको अनियमितता छानबिन गर्न गठित जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने र चिकित्सा विश्वविद्यालय विधेयक आगामी तीन महिनाभित्र संसद्मा पेस गरिने र स्वास्थ्य शिक्षा नीतिनिर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख छ ।

चिकित्सा क्षेत्रका पदाधिकारी विशिष्टताको आधारमा नियुक्त गर्ने र मापदण्ड पूरा नगर्ने मेडिकल कलेजलाई पुनःमूल्याङ्कन गरेर असम्बधन गर्न सकिने स्पष्ट नीतिगत व्यवस्था गर्ने ,सरकारी शिक्षण संस्थामा एमडी, एमएस, एमडिएस, डिएम र एमसिएच तहमा शैक्षिक सत्र २०७२÷०७३ देखि अध्ययन गर्ने विद्यार्थीलाई समावेश गर्नेगरी निःशुल्क गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था मन्त्रालयले गर्ने पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तीमा एक एक सरकारी मेडिकल कलेज हुने नीति लिइने र आगामी आवमा मध्यपश्चिममा एक मेडिकल कलेज स्थापना कार्यलाई अगाडि बढाउने लगायतका दफा एवम् प्रस्तुत ११बुँदे सम्झौतापत्र कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा चिकित्सक सङ्घका अध्यक्ष झा र प्रा डा वाइपी सिंह सदस्य रहेको कार्यदल गठन रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031