काठमाडौं चैत्र २९ , सुकुन्दा फिल्मस प्रोडक्शनको व्यानरमा निमांण गरिएको नेपाल भाषाको चलचित्र पागलपनको शनिवार एक कार्यक्रमका वीच पहिलो
प्रदर्शन गरिएको छ । मायाको परिभाषा सहित एकतर्फी मायामा आधारित उक्त चलचित्रमा मायाको प्राप्तिका लागि माया र द्द्न्द्धको सेरोफेरोमा रहेर निर्माण गरिएको छ ।
सरिना बज्राचार्य श्रेष्ठको कथा र पटकथा रहेको उक्त चलचित्रमा बासु शाहीको निर्देशन त्यस्तै गरि मनोज रत्न् शाहीले सम्पादन गर्नु भएको छ। नेपाल भाषाको जगतमा एक फरक धारसहित निर्माण गरिएको चलचित्रको मुख्य भूमिकामा रजनी खड्की ,रुपेन श्रेष्ठ, अन्नपूर्णेश्वरी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
यसैवीच सोहि कार्यक्रममा सुकुन्दा फिल्म प्रोडक्शनले विगत लामो समय यता देखि गित सङगीतको क्षेत्रमा योगदान गर्दै आइरहनभएका सङगीतकारद्दय निर्मलरत्न शाक्य र गोविन्द ह्युमतलई सम्मान गरिएको थियो । प्रस्तुत कार्यक्रम रोनाष्टका पूर्वउपकुलपति डा केदारलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । त्यस्तै कार्यक्रमको औपचारिक सत्रमा नेपाल भाषाएकेडेमीका प्राज्ञ विजयरत्न असबरे ,ललितपुर नगरपालिकाका कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।