शनिबार, जेष्ठ २७, २०८०

संविधान जारी नभएसम्म सरकार परिवर्तनका कुनै सम्भावना छैन : महामन्त्री सिटौला

महामन्त्री सिटौलाले- भने राष्टिय स्वार्थमा केद्रीत हुँने हो भने संविधानको विवादित सवालमा सहमति कायम हुन कति पनि समय लाग्दैन

काठमाडौं चैत्र २२,  नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले Krishna-Prasad-Situlaमुलुकमा संविधान जारी गर्नका लागि संविधान जारी नभएसम्म सुशील कोइरालाको नेतृत्वको सरकार गठन भएको भएको जिकिर गर्दै संविधान जारी नभएसम्म सरकार परिवर्तनका कुनै गुन्जाएस नभएको बताउँनु भएको छ।

त्यस्तै महामन्त्री सिटौलाले ठूला दल एक ठाउँमा बसेर संविधान निर्माणको विषयलाई केन्द्रविन्दुमा केन्द्रीत हुँदै पार्टीगत स्वार्थ भन्द मुलुकको राष्टिय स्वार्थमा केद्रीत हुँने हो भने संविधानको विवदित सवालमा सहमति कायम हुन कति पनि समय नलाग्ने बताउँदै अहिले एमाओवादीलगायतका दलले सहमति शब्दको गलत ढङ्गले व्याख्या गरिरहेको अभिमत प्रस्तुत गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

सङ्घीयताको विषयमा काँग्रेसले मुलुकको भुगोललाई ध्यान दिदै जनताको चाहनाअनुरूप सात प्रदेशको खाका प्रस्तुत गरेको बताउँदै महमान्त्री सिटौलाले संविधानसभाबाट संविधान जारी गर्न जनताले निर्वाचित गरेर पठाएको होकी बन्द हडतालका लागि भन्दै प्रतिप्रश्न सहित एमाओवादीलगायतका विपक्षीदलले संविधानसभा बहिष्कार गर्नु भनेको जनताको मतको अपमान हो त्यसको जवाफ जनताले अवश्य पनि दिने विचार व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रसङगवस काँग्रेस महाधिवेशनको सन्दर्भमा सञ्चारकर्मीहरुले जिज्ञासा राख्दा उहाँले कुनै पनि हालतमा महाधिवेशनको तिथि नसारिने उल्लेख गर्दै अन्यथा काँग्रसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने स्पष्ट जवाफदिनुभएको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031