आइतवार, चैत्र १९, २०७९

शान्ति सम्झौता कार्यान्वयनको माग गर्दै कम्न्युष्ट घटकहरुदारा राजधानीमा संयुक्त प्रदर्शन

एमाओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादीका अध्यक्ष वैद्यले  सत्तारुढ दलले विस्तृत शान्ति सम्झौताको भावना र मर्म विपरीत काम गरेको भन्दै लालटिन बालेर विरोध

काठमाडौ चैत्र २३,  सर्वोच्च अदालतले गत फागुन १४ गते एक फैसलामार्फत सशस्त्र द्वन्द्वका समयमा भएका घटना अदालतमा विचाराधीन अवस्थामा  julishसत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने नमिल्ने भन्दै गरेको फैसलाले शान्ति सम्झौताको मूल मर्म र भावना विपरित भएको बताउँदै एमाओवादीलगायत माओवादीका सहितका राजनैतीक घटकले विस्तृत शान्ति सम्झौताको मूल मर्मविपरीत जाने छुट कोही कसैलाई नभएको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल र महासचिव रामबहादुर थापा लगायतका नेताहरुको नेतृत्वमा भएको उक्त प्रदर्शन बबरमहलबाट सुरु भएको थियो । प्रदर्शन पछि शान्ति बाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तत्कालीन सरकार र माओवादीबीच भएको सम्झौता कार्यान्वयन गर्ने दायित्व दुवै पक्षको भएको बताउँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले विस्तृत शान्ति सम्झौता लागू गर्न र त्यसको मर्म र भावनालाई आत्मसात् गर्न सरकार र माओवादी घटक दुवै बाध्य रहेकामा जोड दिनुभएको थियो ।

  यअघि शान्तिबाटिकामा एमाओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरू विस्तृत शान्ति सम्झौताको पक्षमा रहेको तर सत्तारुढ दलले विस्तृत शान्ति सम्झौताको भावनार मर्म विपरीत काम गरेको भन्दै लालटिन बालेर विरोध गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031