सोमवार, चैत्र १३, २०७९

विपक्षीदलको रवैया परिर्वतन नभए कार्यतालिका अनुरुप प्रक्रिया अगाडि बढ्छ :उपप्रम सिंह

काठमाडौं वैशाख ५, उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलहरू देश र जनताप्रति चिन्तित हुने हो भने सहमति निर्माण सहजै हुने विचार व्यक्त गरेका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित सफाई अभियानमा सहभागी हुँदै मन्त्री सिंहले सत्तारुढदलको तर्फबाट विधान निर्माणको विवादित सवालमा सहमति बनाउँन आवश्यकता भन्दा बढि लचक भएको अभिव्यक्ति दिदै यदी सबै दलहरू इमान्दारिताका साथ प्रस्तुत हुने हो भने सहमतिका लागि कुनै अड्चन नआउने बताएका छन् ।

त्यस्तै उहाँले विपक्षीदलहरु यो वा त्यो बाहनामा हलो अड्काउदै गुरुचुट्ने दाउमा रहेको भन्दै विपक्षीदलहरुको यहि रवैया कायम रहने हो भने संविधानसभाबाट संविधान जारी गर्नु आफूहरूको दायित्व भएको र सोही अनुरुप प्रक्रिया अगाडि बढ्ने बताउँनु भएको छ ।

त्यस्तै उपप्रम सिंह आजै काठमाडौ मेडिकल कलेजको आयोजनामा भएको लिभर डे कार्यक्रममा समेत सहभागी हुँनु भएको उहाँका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031