ललितपुर वैशाख ६, वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मछिन्द्रनाथको १२ वर्षे मेलाका लागि आज विशेष पूजाआजा एवम विधिपूर्वक सहित
३२ हाते अग्लो रथमा रथारोहण गरिएको छ । यस वर्ष १२ वर्षको विशेष मेला परेकाले ललितपुरको बुङ्गमतीमा रथ निर्माण गरिएको र सोही स्थानबाटनै रथारोहण गरिएको हो । आज साँझ ६ बजेको उत्तम साईतमा मछिन्द्रनाथको रथारोहण गरिएको जनाउँदै ललितपुर गुठी संस्थानले बैशाख ९ गतेदेखि रथयात्रा सुरु गरिने जानकारी दिएको छ । त्यस्तै यस वर्ष १२ वर्षको विशेष मेला भएकाले मछिन्द्रनाथको नयाँ रथ निर्माणको गरिएको छ ।