काठमाडौं वैशाख ५ , मिस नेपालको २० औं सस्करण अन्र्तगत वर्ष २०१५को मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् । दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको आज अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै इभानाले ताज जितेकी हुन् ।
त्यस्तै प्रतियेगिताको फष्ट र सेकेन्ड रनरअप को उपाधी दिब्यता बैद्य र मेधा कोइरालाले जितेकीछिन भने अन्य विद्यागत उपाधीहरु क्रमस सुदिपा पाठक, मिस कप्लेक्सन र मिस बब्ली निश्मा चौधरी, मिस पपलुर नुनिड लिम्बु, मिस ट्यालेन्ट पूजा श्रेष्ठ, मिस फ्रेन्डसिप सोनु थापा मगर, ब्यूटी विथ त पर्पजको उपाधि रेविका क्षेत्रीले हात पारेका छन् ।
मिस नेपालका विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।