शुक्रबार, फाल्गुन १८, २०८०

वर्ष ०७२ श्रमजीवी पत्रकारको अधिकार वर्ष : डा विष्ट

काठमाडौं चैत्र २२,  नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन, २०५१ लागू भएको २० वर्ष हुँदा पनि पत्रकारका अधिकारका पक्षमा २० वटा पनि कुरा कार्यान्वयन नभएको बताउँदै अगामी वर्ष अधिकारका लागि अभियानका रुपमा सञ्चालन गर्ने योजना रहेका जानकारी mahendra-bisthaदिदै वर्ष ०७२ श्रमजीवी पत्रकारको अधिकार वर्षको हुने बताउनुभएको छ ।

पत्रकार महासङ्घ रुपन्देही शाखामा स्थापना भएका विभिन्न पत्रकारिता पुरस्कार वितरण गर्न को शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा विष्टले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस अवसरम उहाँले उपमहानगरपालिकाद्वारा स्थापित नगद रु १५ हजारसहित प्रमाणपत्र सहितको ‘उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार हरिष ढकाललाइ र बुटवलका उद्योगी श्यामबहादुर पाठकले आफ्ना स्व छोराको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नगद रु १० हजारसहित प्रमाणपत्रको प्रकाश स्मृति विकास पत्रकारिता पुरस्कारबाट पत्रकार महेन्द्र थापा, विष्णु घिमिरे र अमृता अनमोललई पुरस्कृत गर्नुभएको थियो ।

कार्यक्रममा शाखाका अध्यक्ष शेरबहादुर केसी, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष मोहन चापागाईं, बुटवल उपमहानगरपालिकाका कार्यालय प्रमुख धु्रवबहादुर खड्का ंलगायतले बोल्नु भएको थियो ।