बुधबार, अशोज १०, २०८०

राष्ट्रिय गौरवको अभिवृद्धिमा खेलकुदको मूभिका महत्वपूर्ण : सञ्चारमन्त्री रिजाल

काठमाडौं  चैत्र २९,   सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अखिल नेपाल टेबल टेनिस सङ्घ र मोरङ टेबलटेनिस सङ्घको संयुक्त आयोजनामा सुरुभएको Minendra-rijal३७औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको आज विराटनगरस्थित सहिद मैदानको कवर्ड हलमा उद्घाटन गर्दै खेलकुदले राष्ट्रिय गौरवको अभिवृद्धिमा महत्वपूर्ण भूमिका निवांह गर्ने अभिव्यक्ति सहित खेलाडीलाई मैत्रीपूर्ण व्यवहारका साथै अनुसाशित भएर प्रतियोगितामा सहभागि हुँन आग्रह गर्नु भएको छ ।

आजबाट आगामी वैशाख २ गतेसम्म जारीरहने उक्त प्रतियोगितामा २६ जिल्लाका महिला र पुरुष गरी २६० जना खेलाडी सहभागी रहेको प्राप्त समाचारमा विजयी प्रतियोगीहरुलाई १० वटा स्वर्ण, १० वटा रजत र २० वटा कास्य पदक प्रदान गरिने उल्लेख गरिएको छ ।

त्यस्तै प्रतियोगिता अन्र्तगत एकल महिला र पुरुषको प्रतिस्पर्धामा विजयी खेलाडीलाई जनही रु २१ हजार नगद पुरस्कारस्वरुप प्रदान गरिने आयोजक समितिलाइ उदृतगर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।