शुक्रबार, अशोज ५, २०८०

राष्ट्रपति साताव्यापी चीनको भ्रमणपछि आज स्वदेश फर्कर्दै

काठमाडौं चैत्र १८, चीन सरकारको निमन्त्रणमा राष्ट्रपति यादव चीनको दक्षिणी प्रान्त हेनानको  वोहाओ शहरमा आयोजित एसियाका लागि वोआओ मञ्चको सम्मेलन भाग लिएर साताव्यापी भ्रमणपछि राष्ट्रपति डाक्टर रामवरण यादव आज स्वदेश फर्किदै छन् ।

साताव्यापी चीनको भ्रमणको  क्रममा राष्ट्रपतिले सम्मेलनलाई सम्वोधन गर्नुका अलावा चिनियाँ राष्ट्रपति सि जिनपिङ्, अस्ट्रेलियाका राष्ट्रपति डाक्टर हेनिज फिस्चर र स्वीडेनका प्रधानमन्त्री लफमेनसंग वेग्लावेग्लै भेटवार्ता गनुृभएको थियो ।

राष्ट्रपतिको भ्रमण सम्वन्धमा भ्रमण दलमा रहेका शहरी विकासमन्त्री डाक्टर नारायण खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जानकारी गराएको छ ।