सोमवार, चैत्र १३, २०७९

राष्ट्रपति यादवद्धारा बिभिन्न व्यक्तिलाई विभूषण सुशोभन

 काठमाडौ  वैशाख ७ ,  राष्ट्रपति डा रामवरण यादवले गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषित विभूषणमध्ये मानपदवीबाट विभूषित हुने राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिलाई आज सुशोभन गर्नुभएको छ ।  पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व sanoसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त नेपालरत्न पदवीबाट विभूषित गरिएको छ। गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषणा गरिएको विभूषणबाट राष्ट्रपति डा रामवरण यादवले सोमबार सुशोभन गरेका हुन्। राष्ट्रले दिने यो सबैभन्दा ठूलो सम्मान हो।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘नेपालरत्न’ पदवी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पदवी ग्रहण गरेकी थिइन्। शान्ति प्रक्रियाको थालनी र लोकतान्त्रिक गणतन्त्र स्थापनामा कोइरालाले खेलेको भूमिकाका आधारमा कोइरालालाई सो विभूषणबाट विभूषित गरिएको हो।

त्यस्तै तीनजनालाई प्रदान गरिने ‘महाउज्ज्वल’ (प्रथम) पदवीबाट अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य( मरणोपरान्त) र पूर्वमन्त्री भीमबहादुर तामाङ (मरणोपरान्त) लाई प्रदान गरियो। ‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ (द्वितीय) बाट पूर्वमन्त्रीहरू माधवप्रसाद घिमिरे, साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व मन्त्रीहरू ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शङ्करप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झालाई सुशोभन गरियो।

यस्तै सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, मनोहरप्रसाद भट्टराई, उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन आयोगका अध्यक्ष काशीराज दाहाल, निर्वाचन आयुक्तहरू दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव, ईला शर्मा, पूर्व आयुक्त डा रामभक्त पिबी ठाकुरलाई पनि उज्ज्वल किर्तिमय राष्ट्रदीपु (द्वितीय) पदवीबाट सुशोधन गरियो।

यसैगरी, ‘सुप्रबल जन सेवाश्री’, ‘प्रबल जन सेवाश्री’ (प्रथमदेखि पाँचौँसम्म) का विभिन्न तहबाट पनि विभूषित गरियो। यसरी विभूषित हुनेमा अधिकांश विभिन्न पूर्व सचिव तथा सरकारी निकायका कर्मचारीहरु छन् । सामाजिक क्षेत्रबाट समाजसेवी पुष्पा बस्नेत, प्राध्यापक धर्मेन्द्रकुमार कर्ण, प्राध्यापक इन्द्रप्रसाद तिवारी, साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, नेपाल टेलिभिजनका अध्यक्ष नीर शाह, सङ्गीतकार शम्भूजीत बाँस्कोटा, प्राज्ञ रामकृष्ण दुवाल, गीतकार श्याम तमोट, गायिकाहरू हरिदेवी कोइराला, कोमल वली, टीका पुन, साहित्यकार शान्ति चौधरी, श्वामी कृष्णदासजी महाराज, खेलाडी भरतबहादुर विसुराल, पत्रकार आरती चटौत, प्रताप विष्टलगायत छन्।  ती मान पदवी गत २०७१ जेठ १५ गते घोषित गरिएका थिए। समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो । फोटो साभार इमेज खवर.डट.कम 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031