कठमाडौं चैत्र २५ , वर्षा र सहकालका देवता मानिने ललितपुरस्थित रातो मछिन्द्रनाथको रथारोहण आगामी वैशाख छ गते गरिने भएको छ । ललितपुर गुठी संस्थानका अनुसार सोमबारदेखि सुरु भएको रथ निर्माणको काम दुई हप्तामा सम्पन्न गरिने र रथारोहण गरेको चार दिन पछि विशेष पुजाआजाका साथ वैशाख ९ गतेबाट रथजात्रासुरु गरिने जनाएको छ ।
यसअघि गत आइतवार बुङमतीको मत्स्येन्द्रबहालमा रातो मत्स्येन्द्रनाथको महास्नान गरिएको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण प्रतिपदाको दिन लगनखेलस्थित न्हवँ दबुमा गरिने महास्नान यसपालि मत्स्येन्द्रनाथको बाह्रवर्षे मेला परेकाले बुङमतीमा गरिएको हो ।
महास्नानको अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको राजखड्गलाई झल्लरवाल छत्रले ओढाई राजकीय सम्मानका साथ त्यहाँ ल्याइएको थियो भने महास्नान देखाउन ललितपुरको जीवितदेवीका रूपमा रहेकी कुमारीलाई पनि उपस्थित गराइएको थियो । त्यस्तै महास्नानपछि म���्यरातमा मस्त्येन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपी सि बाजा बजाउँदै मन्दिरभित्र सिंहासनमा राखिन्छ ।