शुक्रबार, जेष्ठ १९, २०८०

यस्तो छ प्रम कोइरालाले लोकतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना

काठमाडौ वैशाख ११,  लोकतन्त्र दिवस २०७२ को अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनुपर्नेमा जोड दिनुभएको छ ।  सन्देशमा प्रम create_thumbकोइरालाले विगतमा शान्ति प्रकृयाका जटील मानिएका विषयलाई आपसी संवाद, सहकार्य, मेलमिलाप र सहमतिका आधारमा समाधानमा पु-याएको अनुभवलाई संविधान निर्माणमा पनि उपयोग गरेर जनचाहनाबमोजिम संविधान बनाउन दिवसले सबैलाई प्रेरित गर्न सकोस भन्दै नेपाली जनचाहनाबमोजिम झण्डै एक शताब्दीदेखि गर्दै आएको जनसङ्घर्षबाट प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।

त्यस्तै अहिले हामी सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरणमा आइपुगेको उल्लेख गर्दै शहिदहरूको सपना, देश र जनताको आवश्यकता तथा चाहना बमोजिम लोकतान्त्रिक संविधान निर्माणमा अत्यधिक लचकता अपनाएर संविधान निर्माणलाई टुंगोमा पु¥याई मुलुकको हित र जनताको सुख, शान्ति र समृद्धिको लागि आर्थिक–सामाजिक विकास निर्माणमा सरिक हुन अपिल गर्नु भएको छ ।