शनिबार, जेष्ठ २७, २०८०

मुलुकमा गणेशमान जस्तो त्यागी नेताको अभाव खड्कियो : उपसभापति पौडेल

यावत अवरोधका वावजुद पनि आगामी ज्येष्ठ १५ मा नयाँ सविधान :काँग्रेस महामन्त्री सिंह

काठमाडौं चैत्र २०, प्रजातन्त्रका पिता एवम् लौहपुरुष गणेशमान सिंहको बलिदानीका स्मरणमा नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको पदयात्रा अन्र्तगत आज बिहान चितवनको माडीको वसन्तपुरमा सुरु गर्नुअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका  उपसभापति रामचन्द्र पौडेलले मुलुकमा गणेशमान जस्तो त्यागी नेताको अभाव खड्किएको अभिव्यक्तिसहित उहाँले संविधान बनाउन काँग्रेस आवश्यकत भन्दा बढी लचिलो हुँदा पनि एमाओवादी लगायत विपक्षी गठन्धनले यो वा त्यो बहानामा एकपछि अर्को उल्झन सिर्जना गर्दै आएको बताउँनु भएको छ ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री एवम नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रका पिता एवम् लौहपुरुष गणेशमान सिंहको स्मरणमा आयोजित बलिदानी पदयात्राले नेता कार्यकर्तामा उत्साह थपेको बताउँदै एमाओवादी नेतृत्वको विपक्षी गठन्धनको यावत अवरोधका वावजुद पनि आगामी ज्येष्ठ १५मा मुलुकमा नयाँ संविधान जारी भएरै छाड्ने बताउँनु भएको छ । पदयात्रा आज ठोरी पुगेर पर्सालाई हस्तान्तरण गरिएको छ भने ठोरीबाट पर्सा, बारा र मकवानपुर हु“दै चैत २६ गते काठमाडाँैंमा पुग्ने बताउ“दै चैत २७ गते काठमाडाँै पुगेर अभियान सम्पन्न हुँने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031