ललितपुर चैत्र २८, वर्षा र सहकालका देवताका रुपमा पूजिने ललितपुरस्थित रातो मछिन्द्रनाथको रथजात्रा तथा रथारोहण प्रयोजनार्थ तयार गरिएको रथको
पाङग्रा रथ निर्माणस्थल आज बुङ्मतीमा लगिएको छ । यस वर्ष १२ वर्षको मेला परेकाले ललितपुरको बुङ्मतीमानै रथ निर्माण गरिदै आएको छ । यसअघि पुल्चोकमा रथ निर्माण गरिने प्रचलन रहिआएको थियो । ]यस अघि रथयात्रको लागि रथमा राखिने घमा, खट, घमापासा पाङ्गालगायत सामग्री सबै नयाँ निर्माण गरिएको छ । निर्माणको काम गत मङ्सिरको पहिलो सातादेखि सुरु गरिएको थियो भने चैत्र २३ गतेबाट मछिन्द्रनाथको रथ निर्माणका लागि साइत पूजा गर्दै रथ निर्माणकार्य सुभारम्भ गरिएको थियो ।
३२ हात अग्लो रथ निर्माण भएसङगै विशेष पूजा अर्चनासङगै आगामी वैशाख छ गते मछिन्द्रनाथको रथारोहण गरिने र त्यस्तै गरि वैशाख ९ गतेबाट रथ जात्रासुरु गरिने भएको छ ।