सोमवार, चैत्र १३, २०७९

भारत सरकारले दियो आयोगलाई ३५ वटा गाडी  

 काठमाडौ वैशाख  ३,   भारत सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ । आयोगको कार्यालयमा आज Nepal-India-flageआयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गर्नुभएको हो ।

गाडी हस्तान्तरण  कार्यक्रममा  राजदूत रायले भ्रष्टाचार उन्मूलनका लागि नेपालले लिएको पछिल्लो कदम सराहनीय भएको बताउँनुभएको  थियो भने   आयोग प्रमुख आयुक्त कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । भारत सरकारको तर्फबाट  सहयोगस्वरुप उपलब्ध गराइएका गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031