भक्तपुर बैशाख १, भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात चैत्र मसान्तका दिन उभ्याईको ५५ हाते लिङ्गोलाई आज साँझ ६ः१५
बजेकोसाईतमा तान्त्रिक विधि अनुरुप ढालिएको छ । त्यस्तै लिङ्गो ढाल्नुपूर्व लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजाको दर्शन गर्नाका लागि आज बिहानै देखि भक्तपुरमा असख्य दर्शनार्थीको भिड लागेको थियो ।
लिङ्गो ढालेपछि स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भन्दै ल्योसिंखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएसङगै भैरवनाथ र भद्रकालीको विशेष पूजाआजा गर्दै जात्र समापन गरिएको थियो ।
त्यस्तै बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते बुधबार मध्यपुर थिमि बालकुमारीमा एकाबिहानै सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।