शुक्रबार, चैत्र १७, २०७९

“बिकाउ मानिसहरु”

           10[1] – गौतम डंगोल 

बिक्छन्  यहाँ  मानिसहरु आशा अनि भरोसाहरुमा
भनेको त सुनेको थिए” धेरै चोटि
तर सोच्न पनि सकिन कि मैले कहिल्यै
तिमी पनि तिनै बिकाउ मानिसहरु कै एक हौ भनेर

आँखा अघि देखिने मान्छे त फगत मुकुट रहेछ
कपटरुपी मुहारहरु लुकाछिपि खेल्दा रैछन्
टिक्छन् यहाँ खुनले लट्पटिएका खुनीहरु
भनेको त सुनेको थिए“ धेरै चोटि
तर चिन्न सकिन कि मैले कहिल्यै
तिमी पनि तिनै खुनीहरु कै एक हौ भनेर

सुनीने कुरा त फगत झुठा मीठा कथा रहेछ
मनका कुरा बार बार फेरींदा रैछन्
बदल्छन् यहा“ पाइला पाइलामा प्रेमीहरु
भनेको त सुनेको थिए“ धेरै चोटि
तर बुझ्न सकिन कि मैले कहिल्यै
तिमी पनि तिनै बदलीहरु कै एक हौ भनेर                काठमाडौं , gautam.dongol@yahoo.com

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031