सोमवार, चैत्र १३, २०७९

बाग्मती सफाइ महाअभियानमा सबै क्षेत्रको उत्साहपूर्ण सहभागिता

बाग्मती नदीलाई स्वच्छ र हराभरा राख्ने अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री कोइरालाको आग्रह

अभियानलाई निरन्तरता दिन मुख्य सचिवको आह्वान

काठमाडौ चैत्र २८,  बाग्मती नदी सरसफाई महाअभियानको १ सयौं हप्ता पुगेको अवसरमा शनिबार मानव साङ्लो बनाएर बाग्मती नदी सरसफाई ऐक्यबद्धता प्रदर्शन गर्दै गरिएको छ । बिहान ७ देखि ९ बजेसम्म बाग्मती किनारमा लाखौँ हातहरु सफाइमा जुटे । बाग्मतीको दुबै किनारामा मानव साङ्लो बनाएर नदी सफाइ गर्न र फोहोर नगर्ने प्रणका लागि प्रधानमन्त्री सुशील सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको क्रमस प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र संविधानसभा अध्यक्ष सुवास नेम्वाङका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा।बाबुराम भट्टराईको सहभागिता रहेको थियो । भने प्रसूतिगृह क्षेत्रमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा टोली परचालित भएको थियो ।

यसैगरि अभियानमा सहभागिताका लागि प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन दिएको निर्देशन अनुरुप पार्टीगत कायृकर्ताहरुको पनिउत्तिकै सख्यामा उपस्थितीरहेको थियो ।  त्यस्तै बाग्मती नदी सरसफाई महाअभियान कार्यक्रमलाई राजधानीको तिलगंगामास्थित वागमती नदी किनारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले प्रकृतिको देन बाग्मती नदीलाई स्वच्छ र हराभरा राख्ने अभियानलाई निरन्तरता दिन सबैसँग आग्रह गर्नु भएको थियो ।

त्यस्तै सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको करिब २८ किमी क्षेत्रमा साङ्लो बनाइबएको हो । मानव साङ्लोमा करिब एक लाख मानिस सहभागी भएको मुख्यसचिव लीलामणी पौडेलले जानकारी दिदै मानव साङ्लोमा निजामति कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता,कार्यकर्ता र सर्वसाधारण सहभागी हुँनुभएको जानकारी दिनु भएको थियो ।

यसैवीच मुख्य सचिव लीलामाणि पौड्यालले बाग्मती सफाइ अभियानलाई निरन्तरता दिन सबै नागरिकलाई आह्वान गर्नुभएको छ । महाअभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह सहितको आह्वान गर्नुभएको हो ।

सम्बोधनकै क्रममा उहाँले लाखौँ मानिसको प्रतिबद्धतालाई बचाइराख्नका लागि निरन्तर सफाइ अभियानमा जुट्न र नदी तथा आफ्नो बासस्थान वरपर फोहोर नगर्ने प्रतिबद्धतालाई व्यवहारमा उर्तान जरुरी रहेको बताउदै अभियानमा सहभागी भएर सर्वसाधारण र राष्ट्रसेवलगायत सबैलाई हौसला प्रदान गर्नुभएकामा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमार साहलगायत, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कूटनीतिक नियोग, पत्रकार, कलाकार, राजनीतिज्ञ, धार्मिक विभिन्न सामाजिक –धार्मिक सङ्घसंस्था तथा नागरिक समाजप्रति आभार व्यक्त समेत व्यक्तगर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031