बुधबार, चैत्र १५, २०७९

बाग्मती सफाइ महाअभियानमा सहभागी हुन एमाओवादीका महासचिव महराको निर्देशन

काठमाडौ चैत्र २७,  बाग्मती सफाइ महाअभियान सञ्चालन भएको सयौँ हप्ता पुगेको अवसरमा आयोजना हुँदै गरेको मानव साङ्लो प्रदर्शन अभियानप्रति krishna-b-maharaऐक्यबद्धता जनाउँदै बाग्मती सफाइ महाअभियानमा सक्रिय सहभागिता जनाउन एमाओवादीले आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका नेता तथा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन दिनुभएको हो ।

यसैवीच नेकपा–माओवादीका पार्टी प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारीगर्दै शनिवार हुने बाग्मती सफाइ महाअभियानको विशेष अभियानमा सहभागी हुन सम्पूर्ण पार्टी, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र आम जनतालाई अपिल गरेको छ । त्यस्तै विज्ञप्तिमा स्वच्छ र सफा बाग्मतीका लागि सभ्य नागरिकको भूमिका पूरा गर्न भोलि आ–आफ्नो अनुकूल स्थानमा उपस्थित भई महाअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031