काठमाडौ चैत्र २१, प्रत्येक वर्ष जस्तै यसपटक पनि चैत शुक्ल पूर्णिमाका दिन राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ । आज
बाइसधारामा स्नान गर्दा विभिन्न रोगव्याध नास भई पुण्य प्राप्ति हुने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वासअनुसार मेला भर्नेको घुइँचो लाग्ने गरेको स्थानीय बासिन्दहरु बताउँछन ।
मेला भर्नेको घुइँचोलाई स्थानीय प्रहरी, क्लब तथा सामाजिक सङ्घसंस्थाले मेला भर्न आउने भक्तजनलाई आवश्यक सहयोग तथा व्यवस्थापन गरिरहेका छन् । त्यस्तै त्यहाँ पुगेका भक्तजनमध्ये कतिपय जामाचोको डाँडामा अवस्थित चैत्यमा पुगेर रमाईलो गर्द पूजाअर्चनामा समेत सहभागी भएका छन ।