सोमवार, चैत्र १३, २०७९

प्रधानाध्यापक तिवारीविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नियुक्तिपत्रका आधारमा पद लम्ब्याई गैरकानुनी रुपमा तलब भत्ता लिएको  अभियोगमा सिद्धार्थ माविमा कार्यरत प्रधानाध्यापक जगन्नाथ तिवारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार वीरगन्ज उपमहानगरपालिका–१७ मा रहेको सिद्धार्थ माविमा कार्यरत प्रधानाध्यापक जगन्नाथ  तिवारीले २०६० साल वैशाख १ देखि सरकारी अनुदानका रुपमा प्राप्त रु १० लाख ५४ हजार २४७ पदीय दुरुपयोग गरी हिनामिना गरेको आयोगले जनाएको छ ।

सम्पत्ती विवरण पेश नगर्ने पदाधिकारी तथा कर्मचारीबाट जरीवाना असुल गर्न निर्देशन
यसैवीच आयोगले आर्थिक बर्ष २०७०/७१ को सम्पत्ती विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरुलाई प्रचलित कानुनमा व्यवस्था भए बमोजिम जरीवाना असरल गरी सम्पत्ती विवरण भर्न लगाउन सम्बन्धित मन्त्रालय र तालुक निकायलाइ पत्राचार गर्ने निर्णय गरेको छ ।
सार्वजनिक पदमा बहाल रहेको ब्यक्तिले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण सरोकारवाला निकायमा बुझाउँनु पर्ने व्यवस्था अनुरुप आयोग लेयस्तो निर्णय गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031