काठमाडौ चैत्र २६, प्रजातन्त्रका पिता गणेशमान सिंहको जन्मशताब्दीको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरुभएको गणेशमान बलिदान अभियानको शुक्रबार रत्नपार्क स्थित शान्तिवाटीकामा समापन गरने भएको छ । प्रतिष्ठानले विसं २००१
असार ७ मा भद्रगोल जेलको पर्खाल तोडेर भारत पुगेको बाटो र २००७ साल असोज २७ गते पर्साको ठोरीमा पक्राउ परेपछि तत्कालीन राज्य शासकले काठमाडौं ल्याउँदै गर्दा हिँडाएकोे बाटोमा उहाँको जन्मशताब्दीको अवसरमा स्मरण स्वरुप बलिदानी अभियानको आयोजना गरिएको हो ।
शान्तिवाटीकामा सम्पन्न हुँने बलिदानी यात्राको समापन समारोहको प्रसङगमा जानकारी दिन आज राजधानीमा काठमाडौं काँग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमासमापन समारोहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै काठमाडौं काँग्रेसका कार्यवाहक सभापति एवम् युवा नेता लोकेश ढकालले गणेशमानजीको अटल र दृधइच्छा शक्तिका कारण २०४६ को जनआन्दोलन सफल भएको स्मरणको चर्चा गर्दै आज मुलुकमा यो वा त्यो बहानामा सिर्जना गरिएको विद्यमान यावत समस्याको सम्बोधनार्थ गणेशमानजी जस्तो व्यक्तित्वको अभाव खड्किएको बताउँनुभएको थियो ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा काठमाडौं काँगेसका पूर्वसभापति तिर्थराम डङगोल लगायतका वक्ताहरुले पिता गणेशमान सिंहलेनेपलको राजनीतीमा पुयाउँनु भएको योगदान ,त्याग र तपस्याको चर्चा गर्नुभएको थियो । त्यस्तै समापन कार्यक्रममा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला तथा २०४६ सालका सहयात्री दल तत्कालीन नेकपा (माले) का नेता झलनाथ खनाल, निलाम्बर आचार्य, तत्कालीन नेकपा मानन्धर समूहका नेता विष्णुबहादुर मानन्धर, नेपाल मजदूर किसान सङ्गठनका नेता नारायणमान विजुच्छेलगायतका नेतालेविशष सम्बोधन गर्नुहुँने बुझिएको छ ।