बिहिबार, मंसिर १४, २०८०
Dashain

पूर्व प्रम सूर्यबहादुर थापाको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौ बैशाख ३,   राप्रपा पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको गएराति भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको सूर्यबहादुर थापाखवरपछि राप्रपाको केन्द्रीय समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रम सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले पूर्वप्रधानमन्त्री एवम् सभासद् थापाको उपचारको क्रममा भएको निधनबाट पार्टीलाई गम्भीर बनाएको ठहर गरेको गर्दै शोक प्रस्तावमा मुलुक सङ्क्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एउटा राजनेता मुलुकले गुमाएको छ, यो पार्टी र मुलुकका लागि अपूरणीय क्षति भएको छ उल्लेख गरिएको छ ।

यसैबीच प्राप्त लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति पनि विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा आज दिउँसो १ बजे आकस्मिक बैठक बोलाइएको पार्टीका प्रचारप्रसार समितिका संयोजक मीना सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031