आइतवार, चैत्र १९, २०७९

पूर्व गृह राज्यमन्त्री यादवको निधन, प्रम कोइरालाद्वारा दुःख व्यक्त

 काठमाडौं  चैत्र १८,  नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको ६३ वर्षको download (3)उमेरमा निधन भएको छ । पूर्व मन्त्री यादवको बिपी क्यान्सर अस्पताल चितवनमा मङ्गलबार साँझ उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय महोत्तरीले जनाएको छ । पूर्व मन्त्री यादवको श्रीमती र दुई छोरा र एक छोरी रहेका छन् ।

यसैवीच नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री तथा सुशील कोइरालाले महोत्तरी काँग्रेसका महासमिति सदस्य तथा पूर्वगृहराज्यमन्त्री महेन्द्र यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी यादवको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। त्यस्तै विज्ञप्तिमा प्म काईरालाले महासमिति सदस्य यादवको निधनबाट नेपाली काँग्रेसले अत्यन्त कठिन घडीमा पनि विचलित नभई पार्टीको मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति समर्पित रहने एक इमान्दार, अनुशासित, कर्र्मठ र प्रतिबद्ध नेता गुमाएको उल्लेख गर्नुभएको छ।

त्यस्तै काँग्रेस नेता एवम् पूर्व गृहराज्य मन्त्री यादवको असमायिक निधनले नेपाली काँग्रेस महोत्तरीलाई अपूर्णिय क्षति पुगेको तथा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता निकै मर्माहित भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति महोत्तरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031