सोमवार, चैत्र १३, २०७९

पत्रकारको हत्यारालाई कारवाहीका माग गर्दै प्रदर्शन,प्रहरीले थाल्यो संयुक्त अनुसन्धान

उदयपुर चैत्र १९, पत्रकार रामप्रसाद भट्टराईको हत्याराको चाँडोभन्दा चाँडो पत्ता लगाई हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै पत्रकारले आज बिहान सदरमुकाम गाईघाटमा सिट्ठी जुलुस निकालेका छन् ।
FNJ_logo2एकसाता वितिसक्दा पनि पत्रकारको हत्याराको पहिचान हँुन नसक्दा पत्रकार हत्या प्रकरण आफैमा दिनानुदिन रहस्य बन्दै गएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै पत्रकारले आज बिहान सदरमुकाम गाईघाटमा सिट्ठी जुलुस निकालेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा हत्यारा पत्ता लगाएर कारबाही नगरिएसम्म आफूहरूको आन्दोलन निरन्तर जारी रहने पत्रकार महासङ्घ उदयपुरले जनाएको छ ।

यसैवीच इटहरी उपमहानगरपालिका २६ आँपगाछी चौकनजिकै मृतावस्थामा फेला परेका २७ वर्षीय पत्रकार भट्टराईको मृत्युको भएको हप्ता बितिसक्दा पनि कुनै प्रहरीले प्रमाण जुटाउन नसकेपछि प्रहरीले संयुक्त अनुसन्धान सुरुगरेका बुझिएको छ । घटनाको संयुक्त अनुसन्धान अन्र्तगत इप्रका इटहरी, जिप्रका सुनसरी र पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष अनुसन्धान समूहले संयुक्त रूपमा अनुसन्धान थालेको इप्रका इटहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले अनुसन्धानका लागि पत्रकार राजेन्द्र पराजुलीलाई नियन्त्रणमा लिदै अनुसन्धान थालेको जनाएको छ । घटनाको छानबिन गर्न नेपाल पत्रकार महासङ्घ यसअघिनै मिसन टोली परिचालन गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031