बुधबार, चैत्र १५, २०७९

नेता थापाको निधनले राष्ट्रलाई अपूरणीय क्षति : प्रम कोइराला

काठमाडौ बैशाख ३,  प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सभासद् एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षका सूर्यबहादुर थापाउमेरमा गएराती भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको समाचारले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । त्यस्तै प्रम कोइरालाले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा मुलुक संविधान निर्माणको अत्यन्त संवेदनशील घडिमा रहेको अवस्थामा थापाजस्तो अनुभवी राजनीतिज्ञको निधनले सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै संविधान निर्माणमा अभाव खट्किने उल्लेख गर्नु भएको छ ।

साथै प्रधानमन्त्री कोइरालाल नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारसहित स्वजनप्रति समवेदना प्रकट गर्दै मुलुकले राजनीतिक क्षेत्रले परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता तथा राप्रपाले कुशल सङ्गठक, प्रभावशाली नेता र संस्थापक अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ ।

एमाले अध्यक्ष ओली स्तब्ध :
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनबाट आफू स्तब्ध भएको उल्लेख गर्दै शोकको यो घडीमा दिवङ्गत नेता थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन र उहाँको पार्टीप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

नेता देउवा र उपसभापति पौडेलद्दारा नेता थापाको निधनमा शोक प्रकट : यसैवीच नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तथा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा हुन गएको असामयिक निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताउनुभएको छ ।

उहाँको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति हुन गएको बताउँदै नेता देउवाले थापाको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।  त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीले लामो समय राष्ट्र र जनताका सेवामा निरन्तर कार्यरत वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031