शुक्रबार, चैत्र १७, २०७९

नास्पको १०औँ वार्षिक सम्मेलनमा भाग लिन प्रम कोइराला सोमबार जाकर्ता जाने

काठमाडौं वैशाख ५ , प्रधानमन्त्री सुशील कोइराला आगामी सोमबार इन्डोनेसिका जाकर्ता र बाङ्डुङ सहरमा हुन गईरहेको एसियाली–अफ्रिकी सम्मेलनको create_thumb६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको १०औँ वार्षिक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै त्यता तर्फ जाने भएका छन् ।  ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव बाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समारोहमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले छ । त्यस्तै ती दुवै सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहने छ ।

यसघि वैशाख ७ गते जाकर्ता सहरमा आयोजना हुने मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भाग लिने कार्यक्रम रहेको मन्त्रालयलाई उदृत गर्दै प्राप्त समाचारमा वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखको सम्मेलनको आयोजना हुने कार्यक्रम तय भएको जानकारी दिईएको छ । त्यस्तै सम्मेलनको शुभारम्भ सम्बोधन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नेछन् भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन पनि प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आएका आफ्ना समकक्षीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाउँदै वैशाख ११ गते बाङ्डुङमा सहरमा आयोजना हुने एसियाली अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सवमा सम्मेलनमा प्रधानमन्त्री कोइरालाको भाग लिने छन् । सम्मेलनको वार्षिकोत्सवमा तीन प्रमुख दस्तावेज– बाङ्डुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनःर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031