आइतवार, चैत्र १९, २०७९

देशभरका स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प

वार्ता सहमतिको नजिक: सरकारी वार्ता टोली

काठमाडौ चैत्र १८, नेपालका मेडिकल शिक्षा र सेवामा सुधारको माग गर्दै विगत ११ दिनयता देखि gd kcआमरण अनशनरत बस्नु भएका त्रिवि शिक्षण अस्पतालका प्रा डा.गोविन्द केसीले उठान  गर्नुभएका मागबारे सरकारी प्रतिनिधि र डा.केसीको टोलीबीच आज भएका वार्ता सकारात्मक भएको बुझिएको छ ।
सरकारी वार्ता टोलीका सहयोगी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलका अनुसार डा केसीका अधिकांश माग पूरा गर्न सरकारले यसअघि डा केसीको माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा अध्ययनअध्यापनसम्बन्धी नीति र कानुन नबनेसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको जनाउँदै वार्ता सहमतिको नजिक पुगेको जानकारी दिदै बिहीबार बिहान सम्ममा थप प्रगतिहुँने बताउँनु भएकोछ ।

बुधवार राति अबेरसम्म त्रिवि शिक्षण अस्पतालमा भएको वार्तामा सरकारका तर्पmबाट मुख्य सचिव लीलामणि पौड्याल र आयोगका उपाध्यक्ष डा पोखरेल तथा केसीका तर्फबाट डा अञ्जनीकुमार झालगायत चिकित्सक सहभागी हुनुहुन्थ्यो ।

यसैवीच नेपाल चिकित्सक सङ्घले डा केसीले उठाएको मागलाई पूर्ण ऐक्यबद्धता जनाउँदै सङ्घले ४८ घन्टे अल्मेटम सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेको छ भने आवासीय चिकित्सक सङ्घले चार दिनदेखि नै त्रिविवि शिक्षण अस्पलतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031