शनिबार, चैत्र १८, २०७९

गुट उपगुटको अवस्था पार्टीको लागि घातक: नेत्री कोेइराला

काठमाडौं वैशाख ५,  प्रेस युनियन रौतहटको आयोजनामा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रमम बाल्दै काँग्रेसका केन्द्रीय सदस्य सुजाता sujata-koiralaकोइरालाले जिल्ला जिल्लामा देखिएको गुट उपगुटको अवस्था पार्टीको लागि घातक भएको बताउनुभएको छ ।

त्यस्तै नेत्री कोेइरालाले पार्टी भित्र महिलाका हकका बारे अझैपनि ६०/४० को भेदभाव रहेको जिकिर गर्दै यस्तो गलत परिपाटी हटाउन आगामी महाधिवेशन कोेसेढुङ्गा साबित हुने जनाउँदिदै आउँदो महाअधिवेशनले त्यस्तो गुटबन्दीलाई समाप्त पार्ने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ। साथै उहाँले पार्टीभित्रको यहि गुट उपगुटका कारण जनतासङग काग्रेसको सम्बन्ध कमजोर हुँदै गएको र त्यो कमजोर सम्बन्धलाई बलियो बनाउँन आफु जिल्ला दौडाहमा निस्केका बताउँनु भएको छ ।

नेत्री कोइरालाले संविधान निर्माणमा गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको सिद्धान्त रबिपी कोइरालाले लिएको मेलमिलापको नीति हालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले संविधानसभाबाट सकभर सहमतिमा नभए प्रक्रियामा गएर संविधान जारी गरिने बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ।

यसैवीच अव पनि संविधान बन्न नसके मुलुक ५० वर्ष पछि पर्ने नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले बताउनु भएको छ ।शनिवार सर्लाहीको लालबन्दीमा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेत्री कोइरालाले यस्तो बताउनु भएको हो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेत्री कोइरालाले सहमती सहमती भनेर बस्नुभन्दा कतिपय कुरामा आफ्नो अडान छाडेरै भएपनी  ९९  प्रतिशत बनिसकेको सबिधान जारी गर्नेतर्फ काँग्रेस लाग्नुपर्ने बताउनु भयो । मधेसको जनतालाई अधिकार सम्पन्न बनाउन नचाहने मधेसबादीले नेपाली काँग्रेसलाई संङघीयता बिरोधी भनेर भ्रमको खेती गरिरहेको दाबी गर्नुुभयो ।

एक फरक प्रसंङगमा नेत्री कोइरालाले नयाँ नेपाल निमार्ण गर्दा नेपाली काँग्रेस सच्चिनुपर्ने भन्दै ३३ प्रतिशत महिलाको सित सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । उप सभापती ,महामन्त्री,सह महामन्त्रीको पद बढाएरै भएपनी सबैलाई समेट्न सकेको खण्डमा ,आदिवासी जनजाती र महिला समेटीने भएकाले यसले पार्टी अझ बलियो हुने नेत्री कोईरालाको बुझाई रहेको छ । त्यस्तै गुटको राजनीति नगरेको खण्डमा बिकासले गति लिने बिश्वास ब्यक्तगदै सर्लाहीको सडक निमार्ण र उखुखेतीमा किसानलाई सहुलियत दिलाउने बिषयमा आफुले केन्द्रमा सम्वधीत मन्त्रीसङग भेटेर कुरा राख्ने बताउनुभएको हाम्रा सहकर्मी कृष्ण थपलीयाले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031