शनिबार, चैत्र १८, २०७९

एमाओवादी अध्यक्ष दाहाललाई बन्द फिर्ता लिन महासङ्घको आग्रह

काठमाडौ चैत्र २४,  नेपाल उद्योग वाणिज्य महासङ्घले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिन prachnda 1एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसङग आग्रह गरेको छ ।

महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधी मण्डलले अध्यक्ष दाहाललाई आज उहाँको निवास लाजिम्पाटमा भेटवार्ता गर्दै बन्दले जनजीवन प्रभावित भएको बताउँदै आम सर्वसाधारण उद्योग व्यवसायी समस्यामा परेको अवगत गराउँदा  एमाओवादी अध्यक्ष दाहालले आफूले ३० दलीय मोर्चाको आजको बैठकमा बन्द फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्ने आश्वासन दिनुभएको कार्यबाहक अध्यक्ष मुरारकाले जानकारी दिनुभएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबारदेखि तीन दिन आमहड्ताल आह्वान गरेका छन् ।

आमहड्तालको पहिलो दिन राजधानीसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031